नियम ९०
औषधि उपचार
(१) सैनिक व्यक्तिले सेवा अवधिभरमा अधिकृतस्तरको सैनिक व्यक्ति भए बाह्र महिना बराबरको, पदिकस्तरको सैनिक व्यक्ति भए अठार महिना बराबरको र विल्लादारस्तर तथा अन्य दर्जातर्फका सिपाही र फलोअर्स भए एक्काईस महिना बराबरको खाइपाई आएको तलब रकमसम्म उपचार खर्च बापत पाउनेछ ।
(२) कुनै सैनिक व्यक्ति वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम
(१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको खर्च वा रकम दिइनेछ ः–
(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दालागेको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बील बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको
हकमा तालुक कार्यालयको प्रमुखले र महारथीको हकमा मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,
(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपे्रशन) गर्दा लागेको बील बमोजिमको खर्च,
(ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको
बिरामीको र कुरुवा चाहिने अवस्था भए एकजना कुरुवासम्मको यातायात खर्चको पूरै रकम र खाना खर्च बापत निज बिरामी
सैनिक व्यक्तिले नियम अनुसार पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानून बमोजिम चिकित्सकका रुपमा दर्ता भएको डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वा वैद्य समेतलाई जनाउँछ ।
(३) कर्तव्य पालनको सिलसिलामा चोटपटक लाग्न गई कुनै सैनिक व्यक्ति घाइते भई नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेको सैनिक व्यक्तिले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै सैनिक व्यक्तिले पेश्कीका रुपमा लिन चाहेमा र सोको कारण मनासिव देखिए यस नियमको अधीनमा रही पछि हिसाव बुझाउने गरी पेश्की दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकम पछि हिसाव गर्दा
उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित सैनिक
व्यक्तिको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ । त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान
नहुँदै सम्बन्धित सैनिक व्यक्ति वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न
बाँकी रहेको रकम मिन्हा हुनेछ ।
(५) झुट्टा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने सैनिक व्यक्ति लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने सैनिक चिकित्सक भए निजलाई समेत ऐनको दफा ४७ बमोजिमको कसूर गरेको मानी कारवाही हुनेछ ।
(६) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने सैनिक व्यक्तिले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउनेछ ।
(७) देहायको सेबा अबधि पूरा गरी निबृत्तभरणमा सेवाबाट अलंग भएको सैनिक व्यक्तिले उपनियम (६) बर्माजिम पाउने उपचार खर्चमा लित्त बाँकी रकमको देहाय बमोजिमको रकम थप गरी हुन आउने रकम एकमुष्ट पाउनेछ :
(क) बीस बर्ष.................................. दशा प्रतिशत
(ख) बीस वर्ष भन्दा बढी पच्चीस वर्षसम्म... पन्ध्र प्रतिशत
(ग) पच्चीस बर्ष भन्दा बढी: जतिसुकै बर्ष ... बीस प्रतिशत
(८) कुनै सैनिक व्यक्ति दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ ।
(९) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक सैनिक व्यक्तिलाई आफ्नो परिवार र आफ्नो निमित्त समेत गरी एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकमभन्दा बढी उपचार खर्च दिइने छैन ।
(१०) यस नियम बमोजिम सैनिक व्यक्तिले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले सैनिक व्यक्तिको व्यक्तिगत अभिलेखमा राखी सम्बन्धित विभाग, बाहिनी, गण, गुल्म र सैनिक अभिलेखालयमा समेत पठाउनु पर्नेछ ।
(११) दुर्गम क्षेत्रमा रहेका सैनिक व्यक्ति वा निजको परिवारलाई रोग लागी स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुविधा भएको ठाउँमा लंैजादा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।